sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

नेपाली कांग्रेसमा जुट्यो सहमति, पुस २६–२८ मा नियमित महाधिवेशन

१५ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर सहमति भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले हस्तक्षेपकारी सहजीकरण गरेपछि संस्थापन र इतर दुवै पक्षका नेताहरु पुसमा महाधिवेशन गर्न सहमत भएका हुन् । 

जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिर्वतको वहस सुरु भएको थियो । पार्टीको संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गरेपछि कुरा मिल्न सकेको थिएन । यसले गर्दा केन्द्रीय समिति वैठक लम्बियो । अन्ततः नियमित अधिवेशन नै आमनिर्वाचनभन्दा अगाडि गर्न कांग्रेस नेतृत्व तयार भएको हो ।

कांग्रेसले पारित गरेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणको अन्तिम समय सीमा तोकेकोमा नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नावमाली र रकम केन्द्रमा पठाउने समय मंसिर २५ गतेभित्र तोकिएको छ ।

पुस ८ गतेभित्र नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाइसकेपछि पनि कुनै सदस्यले नवीकरण गर्न आउँछन् भने त्यस्तो सदस्यको नवीकरण गरी छुट भएकाहरुको मात्र छुट्टै नामावली, निर्णय र रकम जिल्लाले केन्द्रमा पठाउने अवधि राखिएको छ ।

त्यसैगरी नेपाली जनसम्पर्क समितिको अधिवेशनको सम्बन्धमा कांग्रेसले गरेको निर्णयअनुसार जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य गर्ने अवधि मंसिर मसान्तसम्म राखिएको छ ।

त्यसैगरी क्रियाशील सदस्इता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि पुस ३ गतेसम्म कायम राखिएको छ ।

केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि पुस ५ गतेसम्म राखिएको र २०८२ पुस १५ गतेभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन गरिसक्ने निर्णय भएको छ ।

त्यसैगरी गाउँ–नगर वडा अधिवेशन पुस १६ गते हुने भएको छ भने गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते हुने भएको छ । त्यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन २०८२ पुस १९ गते तोकिएको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन– जहाँ एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् त्यहाँ जिल्ला अधिवेशन नै पुस २१ गतेका लागि तोकिएको छ । 

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकाले जिल्लामा अधिवेशन पुस २२गते तय भएको छ । प्रदेश अधिवेशन पुस २३ र २४ का लागि तोकिएको छ भने केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्