sevenstartv.com २२ मंसिर २०८२, सोमवार

प्रतिनिधिसभाका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

१४ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ । निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो । यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि म्याद थप गरेको थियो । 

हाल आयोगमा १३७ दल दर्ता भएकामा नयाँ दल दर्ताको निवेदन प्राप्त भइरहेको आयोगलेजनाएको छ । आयोगले नयाँ दल दर्ताका लागि कात्तिक महिनाभरको समय दिएको थियो । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म १ सय ६ वटा दल दर्ता भएका थिए । 

बाँकी दलले त्यसयता दर्ता गरेका छन् । आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भने १३ वटा दल मात्र दर्ता भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई मंसिर १ देखि ७ गतेसम्म दर्ताका लागि समय दिइएको थियो । आगामी राष्ट्रियसभा निर्वाचनमा १८ सदस्यका लागि मतदान हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्