sevenstartv.com २० मंसिर २०८२, शनिवार

काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

१२ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल०सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ ओभरको ४ मा सबै विकेट गुमाएर १४२ रन बनायो ।

काठमाडौंले चार ओभरको तेस्रो बलमा पुग्दा ३ विकेट गुमाएको थियो । ओपनर आकाश त्रिपाठी ४, ब्याटर रसिद खान ६ र अर्का ओपनर बेन बेन चार्ल्सवर्थ १३ रन बनाएर सस्तैमा आउट भए । चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको बलियो साझेदारी गरे । 

चौथो विकेटका रुपमा मिलिन्द ४३ बलमा ३८ रन जोडेर आउट भए । उनले ५ चौका हाने । उनी चौथो विकेटरुपमा १५ ओभरको अन्तिमा बलमा आउट भएका हुन् ।अर्धशतक समेत प्रहार गरेका काठमाडौंका जोन सिम्पसन ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६० रन जोडेर आउट भए ।

जोन र मिलिन्दको उत्कृष्ट साझेदारीले काठमाडौं बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।बलिङतर्फ चितवनका सोहिल तानवीरले ४ विकेट लिए । उनले काठमाडौंका ओपनर बेन र गेरहार्ड इरास्मसको महत्तपूर्ण विकेट लिए ।

१ विकेट लिएका रवि बोपाराले काठमाडौंको दोस्रो सर्वाधिक रनकर्ता मिलिन्दको विकेट लिए । मिलिन्द र जोनको बलियो साझेदारी भंग गर्ने उनी नै हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्