सुशीला कार्की नेतृत्वको सरकारविरद्ध माइतीघरमा जेनजीहरुको प्रदर्शन
काठमाडौं । काठमाडौंको माइतीघरमा जेनजीहरुले प्रदर्शन गरेका छन् । गत भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारप्रति असन्तुष्ट रहेका जेनजीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
काठमाडौंको माइतीघरमा उनीहरूले आज पम्प्लेट र नारासहित विरोध प्रदर्शन गरेका छन् । केही दिनदेखि जेनजीहरूलाई सिंहदरबार जान रोक लगाइएपछि उनीहरू माइतीघरमै भेला भएर विरोधमा उभिएका हुन् ।
टाउकोमा कालो पट्टी बाँधेका प्रदर्शनकारीहरूले ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन–जी सबै जेलमा’, ‘सुशीलाको पाराले, दुख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी, सुशीला सरकार कुरीकुरी’, ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरेको छन् ।
प्रदर्शनमा रहेको समूहले माइतीघरबाट सबै जेनजीलाई एकताबद्ध हुनसमेत आह्वान गरेको छ ।

.gif)