काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। बिहीबार बस्ने भनिएको बैठक महाधिवेशनबारे सहमति नभएपछि शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएकाे हाे ।
हिजो महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए । तर सहमति हुन नसकेपछि बैठक एक दिन पर धकेलिएको हो। सभापति शेरबहादुर देउवाले मध्यमार्गी बाटो तय गर्न खोजको दुई साता बित्दा पनि निचोड निस्किएको छैन। बरु नेताहरूमा पार्टी फुटको संशय बढ्न थालेको छ ।
पुसभित्रै महाधिवेशन नभए राजीनामा दिने चेतावनी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दिएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि पार्टी फुट्नेगरी कुनै निर्णय नलिने बरु पद छाड्ने बताएका छन्। यही वेला संस्थापन पक्ष पुसमै नियमित महाधिवेशन गर्न सकारात्मक भएको छ ।
तर, महामन्त्रीसहित विशेष महाधिवेशन पक्षधर भने तालिका आए पनि महाधिवेशन हुनेमा सशंकित छन्। उनीहरुले महाधिवेशन हुने सुनिश्चितता खोजिरहेका छन्। हिजो मात्र उनीहरूले काठमाडौंमा भेलाको आयोजना गर्दै विशेष महाधिवशेनका लागि ठोस निर्णय लिन नसके थप दबाब कार्यक्रम ल्याउने तयारी गरेका छन्।

.gif)