sevenstartv.com २२ मंसिर २०८२, सोमवार

काठमाडाैं महानगरले सेवाग्राहीलाई निःशुल्क सिफारिस उपलब्ध गराउने

९ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले मालपोत कार्यालय कलंकीमा भएको आगजनी र तोडफोडका कारण अभिलेख नष्ट भएका जग्गाधनीहरूका लागि निःशुल्क सिफारिस उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरको राजस्व विभागले मंगलबार सबै वडा कार्यालयहरूलाई एक परिपत्र जारी गर्दै पीडित सेवाग्राहीहरूलाई जग्गा स्रेस्ता कायम गर्न आवश्यक पर्ने सिफारिस एक पटकका लागि निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको हो ।

जेनजी आन्दोलनका कारण कलंकीस्थित मालपोत कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । जसले गर्दा अभिलेखहरू नष्ट भएका थिए । हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मालपोत कार्यालय कलंकीले नष्ट भएका जग्गाको स्रेस्ता पुनः कायम गर्ने प्रक्रिया अघि बढाएको छ ।

यसका लागि स्थानीय तहबाट जग्गाको भोगचलन सम्बन्धी र जग्गाधनी यकिन गर्ने तीन पुस्ते विवरण र फोटो टाँस सहितको सिफारिस आवश्यक पर्ने हुन्छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्