sevenstartv.com २२ मंसिर २०८२, सोमवार

प्रतिनिधि सभा विघटनविरुद्ध एमाले पुग्यो सर्वोच्च

९ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार रिट निवेदन पेस गरेका हुन् ।

गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो । एमालेले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध गर्दै आएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्