sevenstartv.com २२ मंसिर २०८२, सोमवार

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

७ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  मङ्सिर ९ गते मंगलबार बस्ने गरी बैठक आह्वान भएको हो । 

बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने बताइएकाे छ । 

बैठकमा अहिलेको अवस्थाको चित्रणका साथ पार्टीको भावी योजना र रणनीति बारे अध्यक्ष कमल थापाले धारणा प्रस्तुत गर्ने कार्य तालिका रहेको बुझिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्