sevenstartv.com २ पुष २०८२, बुधवार

नेत्रहीन महिला विश्वकप क्रिकेट : नेपाल र भारत भिड्दै

७ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेत्रहीन महिला टी-२० विश्वकपको फाइनल प्रतिस्पर्धा आज हुँदैछ । भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन् । नेपाल र भारतको फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ ।

पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले १७० रनको लक्ष्य दिएको थियो । पाकिस्तानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६९ रन बनाएको हो । जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १७१ रन बनाउँदै फाइनल पुगेको हो ।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो । सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमा ११२ रन बनाउँदै भेट्टाएको थियो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्