sevenstartv.com २२ मंसिर २०८२, सोमवार

जसपा नेपालले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

६ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले संविधान संशोधनसहितको माग राखी प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे माग बुझाउने तयारी पनि गरेको छ । 

मङ्सिर १० गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको जनाइएको छ । दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढ, चुनाव र सङ्घर्षका कार्यक्रम तय गरेको छ ।  मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गर्नुका साथै मङ्सिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको छ । 

मङ्सिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना हुने जानकारी गराउँदै  प्रदेशस्तरीय विरोध सभाका कार्यक्रम पनि तय गरेको छ ।  साथै पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र भैरहवाका लागि कार्यक्रम तय भएको छ । प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश,  समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र, राज्यको पुनर्संरचना लगायतका विषय संविधानमा संशोधन हुनुपर्ने माग छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्