sevenstartv.com २२ मंसिर २०८२, सोमवार

एमालेले आज काठमाडौं शक्ति प्रदर्शन गर्दै

६ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । शुक्रबार ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गरेको नेकपा (एमाले)ले आज काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा जनप्रदर्शन तथा जनसभा गर्न लागेको हो । 

यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् । 

एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। यसअघि वपार्टीले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्