sevenstartv.com २२ मंसिर २०८२, सोमवार

सत्यनिरुपण तथा बेपत्ता आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्वपीडितको धर्ना

५ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा धर्ना दिएका छन् ।

पीडितहरूले दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त गरेर न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् । उनीहरुले आयोगका पदाधिकारीहरूको राजीनामा समेत मागेका छन् ।

धर्नामा बसेकाहरूले विधि प्रक्रिया र मापदण्ड मिचेर तेस्रो पटक पनि दलीय भागबन्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्