sevenstartv.com २२ मंसिर २०८२, सोमवार

पक्राउ परे दुर्गा प्रसाईँ

२ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरमै रहेको अवस्थामा सोमबार मध्यरातमा प्रहरीले मध्यरातमा पक्राउ गरेको हो ।

उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएकाले उनलाई  मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । ​

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए । उनले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यसलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो ।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि छुटेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्