sevenstartv.com २२ मंसिर २०८२, सोमवार

राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार बढीले गराए मतदाता नामावली दर्ता

२ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । यो सङ्ख्या मङ्सिर १ गते राति ९ः३० बजे सम्मको हो ।

पुरुष १ लाख १५ हजार ०७, महिला १ लाख २७ हजार ६९ र अन्य ९ जना गरी कुल ३ लाख ८ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावली दर्ता गराएका हुन् । 

निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् । यो सङ्ख्या भने नयाँ मतदाता नामावली सङ्कलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ । 

आयोगका अनुसार नामावली दर्ता मङ्सिर ५ गतेसम्म गर्न सकिने छ । अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्