sevenstartv.com २२ मंसिर २०८२, सोमवार

सुरक्षा समिति बैठक बस्दै

३० कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । मन्त्री अर्यालले आइतबार दिउसो तीन बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका हुन् । 

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न अर्यालले बैठक बोलाएका हुन् ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सदस्य हुन्छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्