sevenstartv.com २१ मंसिर २०८२, आइतवार

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

२८ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । महाधिवेशनबारे सहमति भइ नसकेको अवस्थामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । 

बैठक आज दिउँसो एक बजे ललितपुरमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  चुनावअघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो । 

२८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन्। हिजो बोल्ने क्रम सकिए पनि निर्णय लिन दुई दिन बैठक स्थगित गरिएको छ । महामन्त्री गगन थापाले हिजो विशेष महाधिवेशनका लागि मंसिर २७ गतेको मिति प्रस्ताव गरेका थिए। अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानतः बाध्यता रहेको धारणा राखेका थिए । 

यसैबीच विशेष महाधिवेशन पक्षधरहरुले युवा भेला आह्वान गरेका छन् ।  विशेष महाधिवेशनका ५४ प्रतिशत हस्ताक्षर संकलन भइसकेकाले त्यसअनुसार अघि बढ्न दबाब दिइनेछ । यसअघि पनि हस्ताक्षर संकलनकर्ता पक्षले यसबारे केन्द्रीय कार्यसमितिमा पर्याप्त छलफल नभएको भन्दै दबाब बढाउँदै आएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्