sevenstartv.com २१ मंसिर २०८२, आइतवार

राप्रपा अध्यक्ष लिङ्देनको अचम्मको सम्पति, अमेरिकामा घर देखि सुन पसल सम्म

२७ कार्तिक २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौ । राजनीतिक दलहरुमा नेतृत्वकर्ताको हिसाबले हेर्ने हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सबैभन्दा सबैभन्दा कान्छा अध्यक्षका रुपमा रहेको देखिन्छन् । उनलाई सालिन र सरल नेताका रुपमा आम मान्छेले बयान पनि गर्छन् । संवैधानिक राजतन्त्रसहितको हिन्दु राज्य स्थापनालाई आफ्नो मूल उद्धेश्य बनाएको पार्टीको नेता रहेका उनले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो’ भन्ने मूलमन्त्र स्थापित गरेका छन् । 

तर यिनको नारा र ब्यबहारमा कति मेल खान्छ भन्ने कुरा यिनको आर्थिक हैसियत हेरेर थाहा हुन्छ । सामन्यतयः झापामा बसेका मानिसको व्यवसाय सुपारी र अलैची हुने गर्छ । यस्ता व्यवसायमा लिङ्देनले पनि हात हालेका छन् । 

उनका दुइ छोरा र एक छोरी छन् । एक छोरी अमेरिकामा बस्छिन् । उनले छोरीका लागि अमेरिकामा घर बनाइदिएको उनका सहकर्मीहरु बताउँछन् ।

लिङ्देन ललितपुरको लामाटारमा घर बनाएका छन् । सो घर कुन श्रोतबाट बन्यो भन्नेमा समेत अनेक प्रश्न उठेको छ। उनको झापाको विर्तामोडमा सुन पसल रहेको छ। त्यो पसल कसरी स्थापित भयो भन्नेमा समेत प्रश्न उठेको छ। त्यस्तै लिङदेनको काठमाडौंको बालुवाटारमा डाइनिङरुम नामको रेष्ट्रेन्ट रहेका बताइएको छ। स्रोतका अनुसार उनी दुई हाइड्रो पावरमा लगानी गर्न तयार रहेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्