रेशम चौधरीले आज पार्टी दर्ताको प्रमाणपत्र लिने
काठमाडौं । रेशम चौधरीको संरक्षकत्वमा निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालले आज पार्टी पार्टी दर्ताको प्रमाणपत्र लिने भएको छ । दल दर्ताका लागि चाहिने सबै प्रमाण पु–याएर दल दर्ता गरेसँगै आज प्रमाणपत्र लिन लागेको हो । सेभेन स्टार खबरले प्राप्त गरेको जानकारी अनुसार केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले अघिल्लो दिन दल दर्ता गर्ने निर्णय गरेको थियो।
दल दर्ता भएपछि चौधरीसहित पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा आज बिहान साढे ११ बजे दल दर्ताको प्रमाणपत्र लिन लागेको बुझिएको छ ।
२०७९ सालको निर्वाचनका बेला रेशमकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा स्थापना भएको नागरिक उन्मसक्ति पार्टीबाट अलग भएपछि उनले नयाँ दल दर्ता गरेका हुन् ।

.gif)