कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने छ । गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ ।
महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक-फरक धारणा राखिरहेका छन् ।

.gif)