sevenstartv.com २२ मंसिर २०८२, सोमवार

गण्डकी प्रदेश सभा बैठक बस्दै

२४ कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवन र परिसरका सबै संरचना जलेपछि स्थगित भएको बैठक   कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने भउको हो । 

भदौ १६ गते अन्तिम पटक बैठक बसेको उक्त भवनमा भदौ २४ गतेको तोडफोड र आगजनीका कारण संसद् बैठक बस्ने अवस्था छैन । यसअघि आन्दोलनको एक महिनापछि असोज २२ गते सभामुखले बैठक बोलाए पनि सांसदहरूले सुरक्षा ‘थ्रेट’ महसुस गरेको भन्दै स्थगित गरिएको थियो ।

करिब एक महिनापछि पुनः डाकिएको बैठक आज दिउँसो १ बजे बस्नेछ । संसद् सचिवालयका अनुसार बैठकका लागि आवश्यक सामग्री र उपकरणहरू भाडामा ल्याएर तयारी गरिएको छ । 

 बैठकमा प्रदेश सरकारले गाँजा खेती सम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ। लगातार तीन दिनसम्म बैठक बसेर बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्