sevenstartv.com ५ पुष २०८२, शनिवार

अमेरिकासँग क्यानडा पराजित

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक टि-२० आई सिरिजमा अमेरिकासँग क्यानडा पराजित भएको छ । अमेरिकासँग क्यानडा २० रनले पराजित भएको हो । अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो ।

क्यानडाका लागि दिलप्रित बाज्वाले ४१ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ५६ रन जोडे । श्रेयस मोभ्भाले ३० बलमा ३७, डिलोन हेलिङ्गरले ११ बलमा २० तथा हर्ष ठाकरले १३ रन बनाए । अमेरिकाका नोस्तुश केङजीके, शाड्ली भान र आरोन जोन्सले समान २ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको लक्ष्य दिएकाे थियाे । अमेरिकाका साईतेजा मुकामुल्लाले २७ बलमा ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५२ रन जोडे । हरमित सिंहले २४, कप्तान मोनांक पटेलले १६, आन्द्रेस गौसले २१, नितिश कुमारले १४ तथा सयन जाहाङ्गीर र शाड्ली भानले समा १५ रन बनाए ।

क्यानडाका लागि साद विन जाफरले ३, डिलेन हेलिङ्गरले २ तथा कलिम सानाले १ विकेट लिए । सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्स अमेरिकाबीच खेल हुँदैछ। त्यो खेलको विजेता टोलीले नै सिरिज जित्नेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्