पाकिस्तानमा अफगान नागरिकको तीव्र पक्राउ जारी
काठमाडाैं । संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकहरूको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ ।
अघिल्लो हप्तामा सात हजार ७६४ अफगान नागरिकहरूलाई पक्राउ गरी हिरासतमा लिइएको जनाइएको छ जुन अघिल्लो हप्ताको तुलनामा उल्लेखनीय रुपमा ठुलो सङ्ख्या हो ।
अक्टोबर २६ देखि नोभेम्बर–१ को बीचमा पक्राउ परेका अफगान नागरिक मध्ये कार्ड (एसीसी) र कागजातविहीन अफगानहरू ७७ प्रतिशत थिए भने दर्ता प्रमाण (पिओआर) कार्ड भएका २३ प्रतिशत थिए । प्रतिवेदनले ८६ प्रतिशत पक्राउ र नजरबन्द बलुचिस्तानमा भएको उल्लेख गरेको छ ।
तथ्याङ्कले अक्टोबरको अन्तिम हप्तामा फिर्ती तथा निर्वासनको दर पनि तीव्र रूपमा बढेको उल्लेख गरेको छ । सन् २०२३ सेप्टेम्बर देखि सन् २०२५ नोभेम्बर सम्म, १६ लाख ६७ हजार ७१३ अफगानहरू अफगानिस्तान फर्केको जनाइएको छ ।

.gif)