sevenstartv.com ५ पुष २०८२, शनिवार

आइसीसीको अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित

१२ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन् । शाह वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा निर्विरोध निर्वाचित भएका हुन् । 

शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन् । ३५ वर्षीय शाह भारतीय क्रिकेट बोर्ड भारतीय क्रिकेट बोर्डका (बिसिसिआई) का समेत सचिव हुन् । सन् २०२० देखि दुई कार्यकाल आइसिसीको अध्यक्ष रहेका बार्कलेले बोर्डसमक्ष आफु तेस्रोका लागि पदमा नरहने बताएका थिए ।

बार्कले अध्यक्ष नरहने पुष्टि भएपछि बोर्ड अफ डाइरेक्टर्सले मंगलबारसम्मको लागि मनोनयन दर्ता गर्न समय दिएको थियो । शाहको मात्र उम्मेदवारी परेपछि शाह निर्विरोध निर्वाचित भएका हुन् ।

शाहले २००९ मा गुजरात प्रदेश क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका हुन् । शाह सन् २०१९ को अक्टोबरदेखि बिसिसिआईको सचिव छन्। २०२२ मा उनी आइसिसीको प्रभावशाली फाइनान्स एण्ड कमर्सियल अफेयर्स ९एफ एण्ड सीए० कमिटीको सदस्य बनेका थिए । शाह २०२२ मा बिसिसिआईको सचिवमा पुनः निर्वाचित भएका थिए ।

आइसिसीको अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनले बिसिसिआई र आइसिसीको एफ एण्ड सिए कमिटीको पद त्याग्नु पर्नेछ । शाह २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद् (एसिसी) को समेत अध्यक्ष थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्