sevenstartv.com २२ मंसिर २०८२, सोमवार

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

२१ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ । सौराहास्थित सभा हलमा हुने बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ । 

दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने छन् ।  बैठकमा केन्द्रीय समिति सहित प्रदेश, जिल्ला तथा क्षेत्रका पदाधिकारीहरू प्रतिनिधिकारुपमा सहभागी हुँदै छन् ।

विस्तारित बैठकमा सहभागीताका लागि पार्टीले १५ सय रुपैयाँ शुल्क तोकेको छ। तर त्यसभन्दा अघि पार्टीका केन्द्रीय सदस्य, विभागका पदाधिकारी तथा सदस्यहरूले अनिवार्य लेबी तिरेको हुनुपर्ने जनाइएकाे छ । रास्वपाले केन्द्रीय सदस्यका लागि वार्षिक २५ हजार रुपैयाँ र विभागका सदस्यहरूका लागि १५ हजार रुपैयाँ तोकेको छ । पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागका सदस्यहरूले हरेक आर्थिक वर्ष सुरु भएको २ महिनाभित्र अर्थात् असोज महिना भित्र लेबी तिरिसक्नु पर्ने छ ।

तर रास्वपाका आधा बढी केन्द्रीय सदस्यले लेबी तिरेका छैनन् । रास्वपामा अहिले ६२ जना केन्द्रीय सदस्य छन् । सांसद भइसकेकी तोसिमा कार्की र गणेश कार्कीले पार्टीलाई लेबी तिर्न नसक्ने जनाए ।  कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी लेबी तिर्न नसक्ने निवेदन दिएमा उनीहरूले लेबी तिर्नु पर्दैन ।

उनी असोज २७ सम्म सांसद थिइन् । यस्तै अर्का केन्द्रीय सदस्य गणेश कार्कीले पनि आर्थिक अवस्था उल्लेख गर्दै लेबी तिर्ने नसक्ने निवेदन कोषाध्यक्षलाई बुझाएका छन् । पार्टीको मुख्य आयस्रोत नेता कार्यकर्ताको लेबी नै भएकाले विस्तारीत बैठकमा लेबीलाई कडाइका साथ लागु गरिएको छ । बैठकमा प्रतिनिधि बन्नका लागि लेबी अनिवार्य गरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्