sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आईजीपी खापुङले बुझाए जाँचबुझ आयोगलाई स्पष्टीकरण

२१ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष स्पष्टीकरण पत्र बुझाएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा खटिएका प्रहरी अधिकारीको विवरण मागेको आयोगलाई आईजीपीले जवानदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएको जवाफ दिएका थिए । त्यसपछि आयोगले प्रहरीले आयोगलाई सहयोग नगरको आरोप लगाउँदै बिहीबार खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

आईजीपीले आज शुक्रबार आयोगसमक्ष स्पष्टीकरण बुझाएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अहिले भने आयोगले मागेअनुसारका विवरण पनि प्रहरीले पठाएको छ ।

जेनजी आन्दोलनको घटनाबारे आयोगले बिहीबारदेखि बयान लिन थालेको छ। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको थियो । भदौ २४ गते नक्खु कारागारबाट बाहिरिएका लामिछानेलाई आयोगले बाहिरिनुको कारणसहितबारे ६ घण्टा बढी बयान लिएको थियो। प्रहरीले प्रहरी अधिकारीसँग पनि बयान लिँदैछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्