sevenstartv.com २२ मंसिर २०८२, सोमवार

विप्लवको पार्टीको नाम 'कम्युनिस्ट पार्टी नेपाल'

११ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव गरेका छन् ।

यही प्रस्ताव लिएर उनका प्रतिनिधि खड्गबहादुर विश्वकर्मा निर्वाचन आयोगमा दल दर्ताका लागि गएका हुन् । यसका लागि आवश्यक प्रक्रिया जारी रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि विप्लव पहिलोपटक भाग लिन लागेका हुन् । यसैको स्वरूप उनी निर्वाचन आयोगमा दल दर्ता गर्न पुगेको बताइएको छ। निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय सीमा यही कार्तिक ३० गतेसम्म तोकेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्