sevenstartv.com ५ पुष २०८२, शनिवार

श्रीलङ्काको पर्यटन प्रवर्द्धनका लागि एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

११ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । एसियाली विकास बैङ्क (एडीबी) ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दश करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । 

यस परियोजनाले प्रशासन सुधारमा सहयोग गरी निजी क्षेत्रको सहभागिता बढाउने र पर्यटक आगमन तथा विदेशी विनिमयलाई बढावा दिदै उत्पादन विकास व्यापार प्रवर्द्धन तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने जनाइएको छ । जसमा दिगो पर्यटन क्षेत्र विकास कार्यक्रमका लागि अनुदानमा सात करोड डलर र तीन करोड डलरको नियमित ऋण समावेश छ ।

यस कार्यक्रमले शासन, सम्पत्ति व्यवस्थापन,व्यापार तथा पर्यटन प्रवर्द्धन सीप सुधार दिगो पर्यटन पर्यटन गन्तव्यमा सहरी विकास लगायत क्षेत्रमा नीति र संस्थागत सुधारलाई सहयोग गर्ने एडीबीले जनाएको छ । यस कार्यक्रमले समुद्री पर्यटन लगायतका क्षेत्रहरूलाई प्रवर्द्धन गरी नयाँ गन्तव्यहरू खोलेर, पर्यटकहरूको बसाई तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।  

सन् २०२५ मा श्रीलङ्कामा पर्यटक आगमन सन् २०१८ को स्तरमा फर्किएको बताउँदै श्रीलङ्काका लागि एडिबीका निर्देशक ताकाफुमी कादोनोले आम्दानी महामारीपूर्वको स्तर भन्दा तल रहेको बताएका छन् । 

 
 
 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्