sevenstartv.com २१ मंसिर २०८२, आइतवार

नेपालले भारतलाई हरायो

११ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली महिला फुटबल टोलीले भारतलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी हुन् ।

सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी थिइन् । यस्तै खेलको २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

यद्यपि खेलको ६३ औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो । त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ । इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्