sevenstartv.com २२ मंसिर २०८२, सोमवार

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखहरूको बैठक

८ कार्तिक २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले भने, 'सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेका जानकारी प्राप्त भएको छ । आफ्ना राजनीतिक माग जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन् ।'

उनले राजनीतिक मुद्दाको सम्बोधनका लागि सरकारले संवादको ढोका खुला राखेको र सम्बद्ध पक्षहरूसँग वार्ता गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्