sevenstartv.com ५ पुष २०८२, शनिवार

अमेरिकी राष्ट्रपति ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले गरे खनिज सम्झौतामा हस्ताक्षर

४ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले द्विपक्षीय बैठकपछि महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सोमबार ह्वाइट हाउसमा भएको यो सम्झौताको आकार साढे ८ अर्ब डलर रहेको छ । यसले अमेरिकालाई अस्ट्रेलियाको दुर्लभ पृथ्वी खनिजहरूमा बढी पहुँच दिनेछ । चीनले आफ्नो दुर्लभ खनिजको निर्यातमा कडा नियन्त्रण लगाएकै समयमा यो सम्झौता भएको हो । यो नीतिले चीन र अमेरिका बिच तनाव बढाउने भएको छ । 

सम्झौताले अमेरिका–अस्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रधानमन्त्री अल्बानीजले भने । यो सम्झौताले आर्थिक र रणनीतिक दुवै मोर्चामा अमेरिका–अस्ट्रेलियाको साझेदारीलाई बलियो बनाउने बताइएको छ । यसको उद्देश्य चीनको बढ्दो प्रभावलाई सीमित गर्नु मानिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्