विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । शनिबार नेपाल क्रिकेट संघ क्यानले फेसबुकमार्फत युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।
टी-२० राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई प्रतिस्थापन गर्दै अनिल शाह, भीम सार्की र साहब आलमलाई टोलीमा बोलाएका छन् । २६ अक्टोबर देखि सुरु हुने शृंखलामा नेपालले घरेलु टोलीसँगै अमेरिकासँग दुई लेग खेल्ने तालिका छ । शृंखला नोभेम्बर ६ सम्म चल्नेछ ।
टाेलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल कप्तान, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने रहेका छन् ।

.gif)