sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नाडा अटो शो २०२४ आजदेखि सुरु

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुने भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शो यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ ।

टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शो २०२४ मा साना ठुला गरि १३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने छ ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाने बान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन् । ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहने छन् भने अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता रहनेछ ।

अटो शो उद्घाटन उपप्रधानमन्त्री  एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

 

यो पनि पढ्नुहोस्