sevenstartv.com २२ मंसिर २०८२, सोमवार

काठमाडौं जिल्ला अदालतको काम नागरिक उड्डयन प्राधिकरणको भवनबाट हुने

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको भवन प्रयोग गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरण काठमाडौँ जिल्ला अदालतलाई भवन उपलब्ध गराउन सहमत भएको छ ।

आज प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिसँगको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले भवन उपलब्ध गराउन निर्देशन दिएकी हुन् । उनले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताइन् । यो सँगै प्राधिकरणले तत्कालका लागि भवन उपलब्ध गराउने समझदारी बनेको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्