sevenstartv.com २२ मंसिर २०८२, सोमवार

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक आज सकिने

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौ। नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठक शुक्रबार बिहान ८ बजे शुरु हुँदैछ ।

ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन बिहीबार १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० केन्द्रीय सदस्यले धारणा राखेका थिए । 

बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने छन् । त्यसपछिअध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको जवाफ दिएर बैठक समापन गर्नेछन् ।

अध्यक्ष ओलीले ओलीले बुधबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनलेमंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्