sevenstartv.com २२ मंसिर २०८२, सोमवार

एमाले केन्द्रीय कमिटी बैठक सुरु

३० असोज २०८२, बिहिवार स्टार संवाददाता

 काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ ।

बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमालेले जनाएको छ । पहिलो दिन बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । यस हिसाबले भोलि शुक्रबार बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्