sevenstartv.com २२ मंसिर २०८२, सोमवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

३० असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।  मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालयका सानेपामा बस्नेछ ।

केन्द्रीय समिति बैठकअघि आज बिहान कार्यसम्पादन समितिको बैठक बस्दैछ । कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने पार्टी केन्द्रीय सचिवालयले जानकारी गराएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि बैठक बस्न लागेको हो । आजको बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्