sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

एमालेको सचिवालय बैठक बस्दै

२५ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ ।  बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ बजे शुरु हुनेछ ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो । बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको छ । 

शनिबारको बैठकमा महाधिवेशनको मिति तोक्ने बारे छलफल केन्द्रित हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्