sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

२४ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको  एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने छ । लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ ।

समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने जनाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्