sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

एमाले सचिवालय बैठक बस्दै

२४ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक गुण्डुमा  बिहान ११ बजे बस्ने भएको हो । 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन(जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक आयोजना गरिएको हो ।

यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ । 

पार्टीका केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सरेको छ । बैठकको तयारी नपुगेकोले असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्