sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

९ असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ । 

यसैगरी फागुन २१ गतेको आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेण्डामा बैठकमा छलफल हुनेछ । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत रहेको जनाइएको छ । बैठकमा केन्द्रीय सदस्य, आयोगका सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि र प्रदेश पदाधिकारीलाई आमन्त्रण गरिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्