sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

टोपबहादुर रायमाझी डिल्लीबजार कारागारमा स्थानान्तरण

७ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीलाई डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको छ । कारागार व्यवस्थापन विभागले उनलाई सुन्धाराबाट डिल्लीबजार कारागारमा स्थानान्तरण गरेको हो ।


जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागार सुन्धाराबाट भागेका रायमाझी सोमबार कारागार फर्किएका थिए । त्यसपछि विभागले उनलाई डिल्लीबजार पठाएको हो । डिल्लीबजार कारागार भिआइपी कैदीहरूको रोजाइमा पर्ने गरेको छ । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे पनि त्यहीँ छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्