रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो । बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ ।
जसमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन् ।
जेनजी प्रदर्शनपछि बदलिएको परिस्थितिमा बस्न लागेको पार्टीको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

.gif)