sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

फागुन २१ को निर्वाचनमा भाग लिने विप्लव नेतृत्वको नेकपाको निर्णय

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभामा भाग लिने निर्णय गरेको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग गर्ने नीति लिएको हो । 

यद्यपि बैठक चलिरहेकै बेला जेनजी विद्रोहका कारण देशको राजनीति नै उथलपुथल भएकाले आधिकारिक निर्णय नभएको बताइएको छ । 

निर्वाचनमा भाग लिने हाम्रो घोषित नीति नै हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्ने निर्वाचनमा पार्टीले भाग लिन्छ । समाजवादी व्यवस्था स्थापित गर्ने हिसाबले निर्वाचनको उपयोग गर्छौँ । २०८४ को निर्वाचनमा भाग लिने भनेर पार्टीले पहिले नै निर्णय गरिसकेको छ । तर पछिल्लो विशेष राजनीतिक परिस्थिति उत्पन्न हुँदा हामी छलफल मै भएकाले निर्णय भएको छैन, श्रोतले बतायो ।

समाजवादी व्यवस्था ल्याउनका लागि माओवादी घटकसँग एकता र विचार मिल्ने कम्युनिस्ट पार्टीसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण के–के गर्नुपर्ने हो गर्ने बुढाथोकीले बताए । भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्