माओवादीको पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनसँगै माओवादीमा नेतृत्व परिवर्तनको माग बढेको छ । उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउँदै आएका छन् ।

.gif)