sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । 

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । 

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्