पत्रकारलाई धम्की दिनेलाई कारबाही गर्न महासंघको माग
काठमाडौं । पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले कारबाही गर्न माग गरेको छ ।
समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत सम्बद्ध निकायहरूसँग माग गरिएको छ ।
विज्ञप्तिमा बस्नेत स्वंयम र उनका सहयोगी व्यक्तिले आतङ्कित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको उल्लेख छ ।

.gif)