sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री  नियुक्ति दुवै संविधान विपरीत छ : कृष्णप्रसाद सिटौला

३ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री  नियुक्ति दुवै संविधान विपरीत भएको बताएका छन् । संविधान दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । 

संविधानलाई फेरि ट्र्याकमा ल्याउन राजनीतिक दलहरू आपसमा छलफल गरेर नयाँ राजनीतिक बाटो निर्माण गर्नुपर्छ भन्नेमा उनले जोड दिए । भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकार ढलेपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

 बडो जुक्ति लगाएर संविधानको धारा ६१ प्रयोग गरी संविधानलाई बचाएको भन्दै पौडेलले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिन अपिल गरेका थिए । तर राष्ट्रपति पौडेलको भूमिकाप्रति पनि सिटौलाले असन्तुष्टि जनाए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्