संविधान दिवसमा पार्टी कार्यालय गएनन् केपी ओली, अष्टलक्ष्मीको अध्यक्षतामा कार्यक्रम
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज च्यासलस्थित पार्टी कार्यालयमा जाने बताए पनि अन्तिम समयमा भने उपस्थित भएनन् । एनजी प्रदर्शनपछि बिहीबार साँझ नेपाली सेनाको सुरक्षाबाट मुक्त भएका निवर्तमान प्रधानमन्त्री ओली आज एमालेले आयोजना गरेको संविधान दिवस कार्यक्रममा सहभागी नभएका हुन् ।
ओली सहभागी हुने भनेपछि एमालेको पार्टी कार्यालय वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यद्यपी अन्तिम समयमा ओली उपस्थित भएनन् ।
अध्यक्ष ओली संविधान दिवसमा उपस्थित नभएपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा एमालेले कार्यक्रम गरेको छ ।

.gif)