'लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र'
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको उनको भनाइ छ ।
उनले जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको भन्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरेका छन् ।

.gif)