sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

राष्ट्रपतिलाई संवैधानिक प्रक्रियाभन्दा बाहिर नजान नागरिक अगुवाहरूको सुझाव

२ असोज २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई देशलाई संवैधानिक प्रक्रियाभन्दा बाहिर जान नदिन सचेत गरेका छन् । बिहीबार बिहान शीतलनिवास पुगेर १४ जना अगुवाहरूले संविधानको पालना गर्दै अघि बढ्न राष्ट्रपति पौडेललाई सचेत गराएका हुन् । 

नागरिक अगुवाहरूले सुझाव पत्र पनि बुझाएका छन् ।  नागरिक समाज सकारात्मक भूमिका खेल्न तयार रहेको पनि राष्ट्रपतिसमक्ष जानकारी गराएको बताइएको छ । प्रधानमन्त्री नियुक्तिका बेला संविधान अलिकति तलमाथि भए पनि अब सरकार संवैधानिक प्रक्रियाबाट नै अघि बढ्ने राष्ट्रपति पौडेलले आशा व्यक्त गरेका थिए ।

आजको भेटमा महर्जन र भट्टराईसहित कुन्दन अर्याल, पर्शुराम तामाङ, रत्न संसार श्रेष्ठ, महेश मास्के, सुबोध प्याकुरेल, कनकमणि दीक्षितलगायत उपस्थित थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्